चौरजहारीमा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम पश्चिममा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ।

२०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार अन्तर्गत उनलाई समाज सुधार अभियानतर्फ प्रदान गर्न लागिएको हो।

एक लाख रुपैयाँ पुरस्कार राशी रहेको उक्त पुरस्कार अन्य दुई जनालाई समेत प्रदान गरिनेछ।

मानवअधिकार तर्फ तनँहुका त्रिभुवन चन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य लेखन तथा अनुसनधान तर्फ बाँकेका तिलक परियारलाई प्रदान गर्न लागिएको हो।

१० जेठमा प्रेमिकासँग विवाह गर्न चौरजहारी गएका बेला उनीसहित अन्य छ जनाको हत्या भएको थियो।

प्रेमिकासँग विहे गर्ने भनेर गएका जाजरकोटका विक पश्चिम रुकुम चौरजहारीमा मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्