बेइजिङ। चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रूपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ। चीनमा नौ वर्षको अनिवार्य विद्यालय शिक्षा प्रणाली छ।
चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरूमा करिब ६ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन्।
मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाई गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ। चीनमा अहिले शारीरिक कठिनाइका कारण विद्यालयमा उपस्थित हुन नसक्ने बाहेक अरू सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाइ छ।
नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पुर्याउने मन्त्रालयले जनाएको छ। चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरू गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो।
कोरोनाभाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ। रोजगारीका लागि पढाइ छाड्ने विद्यार्थीहरूका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिकासमेत जारी गरेको छ। रासस/सिन्ह्वा
" /> बेइजिङ। चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रूपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ। चीनमा नौ वर्षको अनिवार्य विद्यालय शिक्षा प्रणाली छ।चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरूमा करिब ६ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन्।

">