अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ साे कार्यक्रम पालिकाले अगाडि बढाएको हो। पालिकाले गत आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।
भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५ अनाथ बालबालिका छनोटमा परेका छन्। संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताए। अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उनको भनाइ छ।
४२ अपाङ्गतालाई मासिक भत्ता
गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षको शुरूदेखि नै मासिक भत्ता वितरण गर्दै आएको छ। यस क्षेत्रका नयाँ अपाङ्गता भएका तथा साविक महिला तथा बालबालिका कार्यालयबाट नवीकरण गरेका अपाङ्गता व्यक्तिलाई मासिक पाँच सय रूपैयाँका दरले वितरण गरिएको हो।
पालिका क्षेत्रका अन्य अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिको तथ्याङ्क सङ्कलन पनि भइरहेको छ। रासस
" /> झिमरूक। प्युठानको सरूमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ। भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ साे कार्यक्रम पालिकाले अगाडि बढाएको हो। पालिकाले गत आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।

">