काठमाडौं। पछिल्लो २४ घण्टामा विपद्का घटनामा परी पाँचजनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी तीनजना, आगलागीमा परी एकजना र जनावरको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
यस्तै पहिरोमा परी सातजना, आगलागीमा परी पाँचजना, जनावरको आक्रमणमा परी दुईजना र चट्याङबाट दुईजना गरी कूल १६ जना घाइते भएका छन्।
आगलागी र पहिरोमा परी २३ चौपाया मरेकोसमेत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी २० वटा घटना भएका थिए।
दार्चुलाको नौगाड गाउँपालिका-४, होपरीस्थित लघु जलविद्युत नहरमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको थियो।
गोरखाको धार्चे गाउँपालिका-१ स्थित नेपाली सेनाले बनाउँदै गरेको आरुघाट लार्के सडकखण्डमा पहिरो खस्दा एकजना व्यक्तिको पुरिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा विपद्का घटनामा परी पाँचजनाको मृत्यु भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी तीनजना, आगलागीमा परी एकजना र जनावरको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

">