लकडाउनमा १८ वटा सटरको भाडा छुट दिने मनकारी दम्पती
कैलाली। धनगढीका एक दम्पतीले व्यवसायिक प्रयोजनका लागि लिँदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्।

मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र पत्नी कुर्मा मिश्र दाहालले धनगढीको साल्ट ट्रेडिङ अगाडि रहेको 'धनगढी सुपर मार्केट' मा रहेका १८ वटा सटरको भाडा लकडाउनको तीन महीना अवधिको ५० प्रतिशत छुटको निर्णय गरेका हुन्।

मिश्र दम्पतीले ती सटरबाट मासिक २ लाख भाडा उठाउँदै आएका थिए।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण लागू गरिएको लकडाउनमा व्यवसायीहरूले व्यापार गर्न नपाएकोले चैत, वैशाख र जेठको भाडामा राहत पुगोस् भनेर सो निर्णय गरिएको उनीहरूले बताएका छन्।

सुपर मार्केटमा व्यवसाय गरिरहेका दीपक वाच सेन्टरका संचालक दीपक मण्डलले भाडामा भएको छुटले राहत पुगेको बताए।

मिश्र दम्पतीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउन्डेसनलाई एक लाख रूपैयाँ सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्