काठमाडौं। ३३ केभी प्रसारण लाइन ओभरलोड हुँदा पूर्वका ३ जिल्लामा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत योजनाहरूले क्षमता अनुसारको विद्युत वितरण गर्न पाएका छैनन् ।
दुहबी-धरान-धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुमसम्मको प्रसारण लाइन ओभरलोड हुँदा प्रदेश १ का भोजपुर, संखुवासभा र तेह्रथुमका स्थानीय विद्युत उत्पादन खेर गएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार भोजपुरमा संचालित एउटा हाइड्रोपावरबाट ५ मेगावाट, संखुवासभामा संचालित ४ वटा हाइड्रोपावरबाट १२.५ मेगावाट र तेह्रथुममा ७.५ मेगावाटको एउटा आयोजना ६ वटा जलविद्युत आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन भइरहेको छ।
आउँदो आर्थिक वर्षभित्र १९.८ मेगावाट विद्युत थप हुने गरी अहिले आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्।
प्रसारण लाइनको समस्याका कारणले ३ जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको विद्युत जोड्न समस्या परेको छ ।
विद्युत प्राधिकरणको तर्फबाट पिलुवा सबस्टेसन, धनकुटा, भोजपुर, खाँदबारी र तेह्रथुम वितरण केन्द्र प्रमुख तथा इस्टर्न हाइड्रोपावर, अरुण भ्याली, तेह्रथुम पावर र बरुण हाइड्रोपावर कम्पनीका प्रतिनिधिसँग प्रसारण लाइनको समस्याबारे छलफल गरिएको छ।
अहिलेको मौजुदा लाइनबाट अधिकतम १४ मेगावाट मात्र विद्युत प्रवाह गर्न सम्भव हुने हुँदा सञ्चालित विद्युत गृहबाट ११ मेगावाट विद्युत जोड्न नसकिने प्राधिकरणले जनाएको छ।
यी विद्युत गृहको विद्युत खपत हुने भोजपुर, तेह्रथुम, धनकुटा र संखुवासभाको अधिकतम विद्युत माग ८ मेगावाट र न्यूनतम ३ मेगावाट मात्रै रहदै आएको छ । अधिकतम माग भएको समयमा पनि उत्पादन र खपतबीच १७ मेगावाटको अन्तर देखिएको छ।
" /> काठमाडौं। ३३ केभी प्रसारण लाइन ओभरलोड हुँदा पूर्वका ३ जिल्लामा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत योजनाहरूले क्षमता अनुसारको विद्युत वितरण गर्न पाएका छैनन् ।दुहबी-धरान-धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुमसम्मको प्रसारण लाइन ओभरलोड हुँदा प्रदेश १ का भोजपुर, संखुवासभा र तेह्रथुमका स्थानीय विद्युत उत्पादन खेर गएको छ।

">