काठमाडौं। चीनसँग सीमा विवाद बढ्दै गएपछि भारत विभिन्न मुलुकसँग हतियार माग्न थालेको समाचार आजको नवभारत टाइम्समा प्रमुखताका साथ प्रकाशित छ। ती हतियार उपलब्ध भएपछि आफू चीनको मुकाबिला गर्न सक्षम हुने भारतको बुझाइ छ।

कारगिल युद्धका बखत तेज गतिमा प्रहार गर्न सक्ने हतियार भारतलाई उपलब्ध गराएको इजरायलले अहिले पनि सहयोग गर्ने बचन दिएको छ। उता, चीनको नजिक रहेको मानिएको रुसले पनि भारतलाई भी एस-४०० चाँडै नै उपलब्ध गराउने बताएको छ।

फ्रान्ससँग भएको सम्झौतामुताविक भारतलाई ३६ वटा राफेल जेट प्राप्त हुने भएको छ। पहिलो राफेल आगामी २७ जुलाइमा आइपुग्ने बताइएको छ। राफेल आकाशबाट प्रहार गर्ने शक्तिशाली हतियार हो। हावाबाट हावामै प्रहार गर्न मिल्ने यो हतियारको निसाना अचुक मानिन्छ।

कारगिल युद्धमा तत्कालै सहयोग गरेको इजरायलले अहिले पनि भारतलाई ‘डिफेन्स सिस्टम’ प्रदान गर्ने भएको छ। यसलाई लद्दाखमा राखिने बताइएको छ। भारतले २०१८ मै इजरायलसँग ७७७ मिलियन डलरको बराक-८ मिसाइल डिफेन्स सिस्टम खरिद सम्झौता गरेको थियो।

भारतले अमेरिकालाई एम ७७७ को अर्डर दिइसकेको छ। यो हतियार पहाडी क्षेत्रमा उपयुक्त हुने बताइएको छ। उता,  चीन भने चुपचाप छ, तर भारतले आफ्नो सीमा मिचेको आरोप लगाउँदै त्यसको प्रतिकार गर्दै आएको छ।

उता, रुसले मिसाइल डिफेन्स सिस्टम एस-४०० दिने बताइएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणमा गएका बखत यो सम्झौता भएको थियो। अहिले पनि भारतसँग रुसमा बनेका थुप्रै हतियार छन्।

अमेरिकाप्रति त भारतकै ठूलै अपेक्षा र विश्वास छ। चीनसँग अमेरिकाको व्यापारिक हुँदै राजनीतिक सम्बन्ध पनि चिसिएको छ। त्यसकारण पनि यसलाई भारतले अमेरिकासँग आफ्नो सम्बन्ध बलियो पार्ने अवसर मान्दै आएको छ।

भारतको नयाँ रणनीतिक साझेदारका रुपमा अघि बढिरहेको अमेरिकाले भारतलाई हरेक मोर्चामा सहयोग गर्ने बचन दिएको भारतीय अधिकारीको भनाइ छ। तत्कालै अमेरिकाले स्याटलाइट इमेज र जासुसी संयन्त्र उपलब्ध गराउने बताइन्छ।

भारतले आफूलाई हरेक कोणबाट बलियो बनाउने अभियान छेडेको देख्दा नेपालका ती दुई छिमेकी साँच्चै युद्ध मैदानमै उत्रन लागेका हुन् त भन्ने प्रश्न बलियो बन्दै गएको छ। ठूलो रकम हतियार खरिदमा लगाउन थालेको भारतले लडाइँभन्दा वार्तामा बढी ध्यान दिनुपर्ने माग सर्वत्र हुन थालेको छ। दुई देशको चेपुवामा रहेको नेपालजस्तो तुलनात्मक रुपमा सानो मुलुकले यसबाट हुन सक्ने क्षति रोक्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने पनि कतिपयको भनाइ छ।

" /> काठमाडौं। चीनसँग सीमा विवाद बढ्दै गएपछि भारत विभिन्न मुलुकसँग हतियार माग्न थालेको समाचार आजको नवभारत टाइम्समा प्रमुखताका साथ प्रकाशित छ। ती हतियार उपलब्ध भएपछि आफू चीनको मुकाबिला गर्न सक्षम हुने भारतको बुझाइ छ।

कारगिल युद्धका बखत तेज गतिमा प्रहार गर्न सक्ने हतियार भारतलाई उपलब्ध गराएको इजरायलले अहिले पनि सहयोग गर्ने बचन दिएको छ। उता, चीनको नजिक रहेको मानिएको रुसले पनि भारतलाई भी एस-४०० चाँडै नै उपलब्ध गराउने बताएको छ।

फ्रान्ससँग भएको सम्झौतामुताविक भारतलाई ३६ वटा राफेल जेट प्राप्त हुने भएको छ। पहिलो राफेल आगामी २७ जुलाइमा आइपुग्ने बताइएको छ। राफेल आकाशबाट प्रहार गर्ने शक्तिशाली हतियार हो। हावाबाट हावामै प्रहार गर्न मिल्ने यो हतियारको निसाना अचुक मानिन्छ।

कारगिल युद्धमा तत्कालै सहयोग गरेको इजरायलले अहिले पनि भारतलाई ‘डिफेन्स सिस्टम’ प्रदान गर्ने भएको छ। यसलाई लद्दाखमा राखिने बताइएको छ। भारतले २०१८ मै इजरायलसँग ७७७ मिलियन डलरको बराक-८ मिसाइल डिफेन्स सिस्टम खरिद सम्झौता गरेको थियो।

भारतले अमेरिकालाई एम ७७७ को अर्डर दिइसकेको छ। यो हतियार पहाडी क्षेत्रमा उपयुक्त हुने बताइएको छ। उता,  चीन भने चुपचाप छ, तर भारतले आफ्नो सीमा मिचेको आरोप लगाउँदै त्यसको प्रतिकार गर्दै आएको छ।

उता, रुसले मिसाइल डिफेन्स सिस्टम एस-४०० दिने बताइएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणमा गएका बखत यो सम्झौता भएको थियो। अहिले पनि भारतसँग रुसमा बनेका थुप्रै हतियार छन्।

अमेरिकाप्रति त भारतकै ठूलै अपेक्षा र विश्वास छ। चीनसँग अमेरिकाको व्यापारिक हुँदै राजनीतिक सम्बन्ध पनि चिसिएको छ। त्यसकारण पनि यसलाई भारतले अमेरिकासँग आफ्नो सम्बन्ध बलियो पार्ने अवसर मान्दै आएको छ।

भारतको नयाँ रणनीतिक साझेदारका रुपमा अघि बढिरहेको अमेरिकाले भारतलाई हरेक मोर्चामा सहयोग गर्ने बचन दिएको भारतीय अधिकारीको भनाइ छ। तत्कालै अमेरिकाले स्याटलाइट इमेज र जासुसी संयन्त्र उपलब्ध गराउने बताइन्छ।

भारतले अमेरिकालाई एम ७७७ को अर्डर दिइसकेको छ। यो हतियार पहाडी क्षेत्रमा उपयुक्त हुने बताइएको छ। उता,  चीन भने चुपचाप छ, तर भारतले आफ्नो सीमा मिचेको आरोप लगाउँदै त्यसको प्रतिकार गर्दै आएको छ।

भारतले आफूलाई हरेक कोणबाट बलियो बनाउने अभियान छेडेको देख्दा नेपालका ती दुई छिमेकी साँच्चै युद्ध मैदानमै उत्रन लागेका हुन् त भन्ने प्रश्न बलियो बन्दै गएको छ। ठूलो रकम हतियार खरिदमा लगाउन थालेको भारतले लडाइँभन्दा वार्तामा बढी ध्यान दिनुपर्ने माग सर्वत्र हुन थालेको छ। दुई देशको चेपुवामा रहेको नेपालजस्तो तुलनात्मक रुपमा सानो मुलुकले यसबाट हुन सक्ने क्षति रोक्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने पनि कतिपयको भनाइ छ।

"> हतियार किन्दै, चीनलाई तर्साउँदै भारत: Dekhapadhi
हतियार किन्दै, चीनलाई तर्साउँदै भारत

प्रतिक्रिया दिनुहोस्