काठमाडौं। दार्चुलामा पहिरोमा पुरिएर बाबुछोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ होपरीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको हो भने ५ जना घाइते छन्। दार्चुलाका प्रहरी प्रमुख, डीएसपी पदमबहादुर विष्टका अनुसार मृत्यु हुनेमा २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुशान्त महता रहेका छन्।
पहिरोमा परेर मृतक चन्द्रसिंहकी श्रीमती चनमती महता गम्भीर घाइते छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले देखापढीलाई बताए। त्यस्तै, अन्य चारजना घाइतेको नौगाड स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गएराति परेको अविरल वर्षापछि आएको पहिरोले क्षति गरेको हो। प्रहरीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण मार्मा, शैलेशिखर क्षेत्रका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्।
" /> काठमाडौं। दार्चुलामा पहिरोमा पुरिएर बाबुछोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ होपरीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको हो भने ५ जना घाइते छन्। दार्चुलाका प्रहरी प्रमुख, डीएसपी पदमबहादुर विष्टका अनुसार मृत्यु हुनेमा २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुशान्त महता रहेका छन्।पहिरोमा परेर मृतक चन्द्रसिंहकी श्रीमती चनमती महता गम्भीर घाइते छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले देखापढीलाई बताए। त्यस्तै, अन्य चारजना घाइतेको नौगाड स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गएराति परेको अविरल वर्षापछि आएको पहिरोले क्षति गरेको हो। प्रहरीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण मार्मा, शैलेशिखर क्षेत्रका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्।
">