काठमाडौं। २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म संसारको १८८ देशमा फैलिसकेको छ। यो भाइरसको चपेटमा अहिलेसम्म एक करोडभन्दा बढी मानिस परिसकेका छन् भने यसले पाँच लाखको ज्यान लिइसकेको छ। तर यसको उपचारको उपाय अझै पत्ता लागेको छैन।
कोरोनाको भ्याक्सिन बनाउनका लागि १२० मेडिकल टिम लागिपरेका छन्। तर पनि उल्लेखनीय उपलब्धि हासिल हुन सकेको छैन। अनुमान भने गरिँदैछ, यो साल (२०२०)को अन्त्यतिर भ्याक्सिन बन्नेछ। तर विश्व स्वास्थ्य सङ्गठनले भने उक्त समयमा भ्याक्सिन बन्ने सम्भावना कम रहेको बताइसकेको छ।
चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, रुस, जर्मनीजस्ता मुलुकका अन्वेषकहरु भ्याक्सिन निर्माणमा लागिपरेका छन्। तिनले मानवमा प्रयोग पनि गरिरहेका छन्। सफल भ्याक्सिन बन्न वर्षौं वा दशक पनि लाग्न सक्ने अवस्था देखिएको छ।
आशङ्का के पनि गरिँदैछ भने, बाक्लो जनघनत्व भएका मुलुकमा सङ्क्रमण थप फैलने छ। यस्तो अवस्थामा त भ्याक्सिनको विकल्प नहुने नै भयो। भ्याक्सिन बनेपछि पनि तत्कालै कोरोना नियन्त्रण भइहाल्ने सम्भावना छैन। त्यसकारण पनि सामाजिक दूरी, मास्क प्रयोगका साथै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिइरहनु पर्नेछ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा औषधि बनेका थुप्रै हल्ला पनि भए। तर आजसम्म कुनै औषधि बन्न सकेको छैन। यस्तो हल्लाले योगगुरु रामदेव र उनको कम्पनी पतञ्जलि ठूलो विवादमा पर्यो। नेपालमा पनि यस्तोखालको औषधि पत्ता लागेको हल्ला हुन पुग्यो। अब प्रश्न उठ्छ, कहिलेसम्म बन्ला त भ्याक्सिन? कसले सर्वप्रथम उपयोग गर्न पाउला?

तथापि, कतिपय अन्वेषक, चिकित्सकहरु अबको डेढ वर्षमा भ्याक्सिन बन्ने दाबी पनि गरिरहेका छन्। भ्याक्सिन बनेपछि दुनियाँका ६० देखि ७० प्रतिशत मानिसले यो प्रयोग गनुपर्ने बताइएको छ।
भ्याक्सिन बनेपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनु आवश्यक हुने छ। त्यसपछि भाइरसले सबैभन्दा बढी असर गर्ने ज्येष्ठ नागरिकलाई यो उपलब्ध गराउनु पर्नेछ। (बीबीसीको सहयोगमा)
" /> काठमाडौं। २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म संसारको १८८ देशमा फैलिसकेको छ। यो भाइरसको चपेटमा अहिलेसम्म एक करोडभन्दा बढी मानिस परिसकेका छन् भने यसले पाँच लाखको ज्यान लिइसकेको छ। तर यसको उपचारको उपाय अझै पत्ता लागेको छैन।कोरोनाको भ्याक्सिन बनाउनका लागि १२० मेडिकल टिम लागिपरेका छन्। तर पनि उल्लेखनीय उपलब्धि हासिल हुन सकेको छैन। अनुमान भने गरिँदैछ, यो साल (२०२०)को अन्त्यतिर भ्याक्सिन बन्नेछ। तर विश्व स्वास्थ्य सङ्गठनले भने उक्त समयमा भ्याक्सिन बन्ने सम्भावना कम रहेको बताइसकेको छ।

">