लम्की। कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ।
नगरपालिकाले शुरू गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ। नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान शुरू गरेको हो। यसरी खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाहविरुद्ध भएको कानूनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारीसमेत दिने गरेको छ ।
“बालविवाहले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्छ”, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले भनिन्, “नगरपालिकाको उद्देश्य बालविवाह रोक्नुका साथै छोरीप्रति गर्व गर्ने वातावरण बनाउने पनि हो।”
नगरपालिकाले आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले छोरीको खातामा हरेक वर्ष एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्नेछ। बीस वर्ष पूरा भएको छोरीलाई एकमुष्ट २० हजार उपलब्ध गराइनेछ।
“यो रकम २० वर्षअगावै विवाह गर्ने छोरीलाई भने दिइने छैन”, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “यो कार्यक्रमको एउटै उद्देश्य बालविवाह अन्त्य गर्ने हो । त्यसका साथै छोरीको महत्व बुझाउने प्रयास पनि हो।” रासस
" /> लम्की। कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ।नगरपालिकाले शुरू गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।

">