काठमाडौं। कासेमिरो गोलमा रियाल मड्रिडले गएराति स्पानियोललाई १-० ले पराजत गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
जितसँगै रियालले उपाधि होडमा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई दुई अंकले पछि पारेको छ।
करिम बेन्जेमाले दिएको सुन्दर ब्याक पासलाई कासेमिरोले पोष्टको दिशा दिएका थिए। ब्राजिलका मिडफिल्डर कासेमिरोले त्यसअघि पनि गरेको गोलको प्रयासलाई स्पानियोलका गोलकिपर डिएगो लोपेजले बचाइदिएका थिए।
त्यस्तै स्पानियोलले गरेका केही प्रयासलाई रियालका गोलकिपर थिबाउट कोर्टियसले बचाएका थिए।
जितसँगै रियाल लिगको शीर्ष स्थानमा उक्लिएको छ। अब ६ चरणका खेल बाँकी रहँदा रियालको ७१ अंक छ भने बार्सिलोनाको ६९ अंक छ। बार्सिलोनाले शनिबार राति सेल्टा भिगोसँग २-२ को बराबरी खेलेको थियो।
रियालले अब ६ खेलमा जित तथा पाँच खेलमा जित र एक खेलमा बराबरी खेले उपाधि पक्का गर्नेछ। रियालले २०१२ पछि ला लिगाको उपाधि जित्न सकेको छैन।
बार्सिलोनाले भोलि राति एट्लेटिको मड्रिडविरुद्ध खेल्नेछ। तेस्रो स्थानको एट्लेटिकोले बार्सिलोनालाई रोक्यो भने रियालको उपाधि यात्रा अझ सहज बन्नेछ।
" /> काठमाडौं। कासेमिरो गोलमा रियाल मड्रिडले गएराति स्पानियोललाई १-० ले पराजत गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।जितसँगै रियालले उपाधि होडमा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई दुई अंकले पछि पारेको छ।

">