काठमाडौं। इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’मा पार्मालाई २–१ ले हराउँदै शीर्ष चारको स्थान बलियो बनाएको छ। घरेलु मैदानमा पार्माले १५औं मिनेटमा अग्रता लिएपछि त्यसलाई जोगाउन सकेन। जुराज कुकाको पासमा गेर्भिन्होले गोल गर्दै पर्मालाई अग्रता दिएका थिए।
६९औं मिनेटमा टोमासो बेर्नीले रातो कार्डको सामना गरेपछि इन्टर दश खेलाडीमा सीमित बनेको थियो। दश खेलाडीमा सीमित भए पनि इन्टरका स्टेफन डी भरिजले ८४औं मिनेटमा बराबरी गोल फर्काए।
बराबरी भएको एक मिनेट नबित्दै कुकाले पनि रातो कार्डको सामना गरेपछि पर्मा पनि दश खेलाडीमा सीमित भयो। खेल सकिन तीन मिनेट बाँकी रहँदा एलसान्द्रो बास्टोनीले गोल गरेपछि इन्टरले महत्वपूर्ण तीन अंक पक्का गर्यो।
जितसँगै इन्टरले लिगको तेस्रो स्थानमा कायमै छ। २८ खेलबाट इन्टरले ६१ अंक जोडेको छ। जुन चौंथो स्थानको एटलान्टाभन्दा चार अंकले माथि हो भने दोस्रो स्थानको लाजियो भन्दा चार अंकले तल हो। त्यस्तै शीर्ष स्थानको युभेन्टसभन्दा आठ अंकले पछाडी हो।
" /> काठमाडौं। इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’मा पार्मालाई २–१ ले हराउँदै शीर्ष चारको स्थान बलियो बनाएको छ। घरेलु मैदानमा पार्माले १५औं मिनेटमा अग्रता लिएपछि त्यसलाई जोगाउन सकेन। जुराज कुकाको पासमा गेर्भिन्होले गोल गर्दै पर्मालाई अग्रता दिएका थिए।६९औं मिनेटमा टोमासो बेर्नीले रातो कार्डको सामना गरेपछि इन्टर दश खेलाडीमा सीमित बनेको थियो। दश खेलाडीमा सीमित भए पनि इन्टरका स्टेफन डी भरिजले ८४औं मिनेटमा बराबरी गोल फर्काए।

">