कैलाली। बलात्कारमा परेकी ११ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ।
कैलारी गाउँपालिकाकी ती बालिकाको आर्थिक अभावमा उपचार गर्न नसकिएको पीडितका बाबुले बताए।
लगातार रक्तश्राव भएर सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याईएपछि दुई सातापछि घटना सार्वजनिक भएको थियो।
सेतीमा सामान्य उपचारपछि बालिकालाई घर पठाईएको थियो। बेलाबेलामा बालिका तर्सिने गरेको भन्दै थप उपचारका लागि समस्या भएको बालिकाका बाबुले जानकारी दिए।
"छोरीलाई सन्चो भएको छैन्। घरमै सुतिरहेकी छे। उपचार गर्नका लागि पैसा पनि छैन। हामी त दैनिक ज्यालादारी गरेर खाने मान्छे। खानका लागि समेत समस्या छ। उपचार कसरी सम्भव होला र ?," उनले भने।
११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २९ वर्षीय वर्षीय दिपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।
गत ३२ जेठमा बालिकाको बलात्कार भएकोमा घटनालाई राजनीतिक दबाब र पैसामा गाउँमै मिलाउन खोजिएको पीडित परिवारले बताएका छन्।
अहिले पनि बालिकाको मुद्दा मिलाउन दबाब आइरहेकोले आफूहरू गाउँमा असुरक्षित भएको उनीहरूको भनाइ छ।
" /> कैलाली। बलात्कारमा परेकी ११ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ।कैलारी गाउँपालिकाकी ती बालिकाको आर्थिक अभावमा उपचार गर्न नसकिएको पीडितका बाबुले बताए।

">