काठमाडौं। निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक कर्मचारीको तलब नदिने धम्की दिएका छन्। निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले १९ असारसम्म सरकारले सहयोग नगरे अनलाइन कक्षा बन्द गर्ने र शिक्षक कर्मचारीलाई तलब नदिने धम्की दिएका हुन्।
१४ असारमा शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले १० बुँदे माग अघि सारेका हुन्। सरकारले आफूहरूलाई अभिभावकको भूमिका निर्वाह नगरेको आरोप लगाउँदै २२ असारबाट विद्यालयहरुले सञ्चालन गराउँदै आएका भर्चुअल कक्षा बन्द गर्नुका साथै शिक्षक, कर्मचारीलाई उपलब्ध गराउनुपर्ने तलबभत्ताका लागि ‘नो कलेक्सन, नो डिस्ट्रिब्यूसन’ अवधारणमा अगाडि बढ्ने चेतावनी दिएका छन्।
कोरोना महामारीका कारण जारी लकडाउनले शैक्षिक गतिविधि बन्द हुँदा शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगरी उल्टै पीडामा पार्ने काम गरेको उनीहको आरोप छ।
" /> काठमाडौं। निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक कर्मचारीको तलब नदिने धम्की दिएका छन्। निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले १९ असारसम्म सरकारले सहयोग नगरे अनलाइन कक्षा बन्द गर्ने र शिक्षक कर्मचारीलाई तलब नदिने धम्की दिएका हुन्।१४ असारमा शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले १० बुँदे माग अघि सारेका हुन्। सरकारले आफूहरूलाई अभिभावकको भूमिका निर्वाह नगरेको आरोप लगाउँदै २२ असारबाट विद्यालयहरुले सञ्चालन गराउँदै आएका भर्चुअल कक्षा बन्द गर्नुका साथै शिक्षक, कर्मचारीलाई उपलब्ध गराउनुपर्ने तलबभत्ताका लागि ‘नो कलेक्सन, नो डिस्ट्रिब्यूसन’ अवधारणमा अगाडि बढ्ने चेतावनी दिएका छन्।
कोरोना महामारीका कारण जारी लकडाउनले शैक्षिक गतिविधि बन्द हुँदा शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगरी उल्टै पीडामा पार्ने काम गरेको उनीहको आरोप छ।
">