कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार २७२ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १४ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्ज र धनगढीमा गरिएको परीक्षणमा १४ असार रातिसम्म दुई हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा ४९६ जना महिला र एक हजार ७७६ जना पुरूष रहेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६०६, कञ्चनपुरमा ३०७, डडेलधुरामा २२७, डोटीमा ३९२, अछाममा १३३, बाजुरामा २८७, बैतडीमा २३१, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये ३६७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। जसमा ४ जनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
देशभर भने संक्रमितको संख्या संख्या १२ हजार ७७२ रहेको छ। यसमा तीन हजार १३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको निधन भएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार २७२ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १४ असार रातिसम्मको हो।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्ज र धनगढीमा गरिएको परीक्षणमा १४ असार रातिसम्म दुई हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा ४९६ जना महिला र एक हजार ७७६ जना पुरूष रहेका छन्।

">