काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ।
सिंहको निधनकाे शोक सभामा राखेपको केन्द्रीय कार्यालय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द हुने जनाइएको छ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले पूर्वसदस्य-सचिव सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।
त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित शोक सभामा सदस्य-सचिव सिलवालसहित वरिष्ठ अधिकृत कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारीलगायतले सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण गरेका थिए।
सिंहको गत शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको थियो।
राखेपका सातौं सदस्य-सचिवरूपमा सिंहले २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ।सिंहको निधनकाे शोक सभामा राखेपको केन्द्रीय कार्यालय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द हुने जनाइएको छ।

">