काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार आफू मातहतका विभिन्न निकायका कर्मचारीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरेका थिए।
प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन-९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, सेनिटाइजर, चस्मा र पन्जा रहेको राखेपले जनाएको छ।
कोभिड– १९ को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरिएको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले बताए।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार आफू मातहतका विभिन्न निकायका कर्मचारीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरेका थिए।

">