काठमाडौं। योग गुरु रामदेव विरुद्ध राजस्थान प्रहरीले एफआइआर दर्ता गरेको छ। आयुष मन्त्रालयको स्वीकृति नलिई कोभिड-१९ निको पार्ने भन्दै आयुर्वेदिक औषधी सार्वजनिक गरेकोले रामदेव विरुद्ध एफआइआर दर्ता भएको हो।
रामदेव मात्रै नभई पतञ्जली आयुर्वेदका अन्य चार एमडीहरू, जयपुरको नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्चका निर्देशक आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग तोमर र सिनियर बैज्ञानिक अनुराग अनुराग वाष्णेयको नाम पनि एफआइआरमा उल्लेख छ ।
हरिद्धारमा रहेको पतञ्जली आयुर्वेदले कोभिड-१९ निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधी सार्वजनिक गरेको थियो। यो औषधी कोभिड-१९ पोजेटिभ देखिएका विरामीहरूमा सात दिने प्रयोग गरेको र यसले निको पारेको दावी समेत गरिएको थियो। निम्स विश्वविद्यालयको संलग्नतामा जयपुरको निजी इन्स्टिच्युटमा औषधीको प्रयोग गरिएको बताइएको थियो।
औषधी सार्वजनिक गरिएको केही घण्टामै आयुष मन्त्रालयले पतञ्जली आयुर्वेदलाई यस औषधीबारे र यो बनाउन प्रयोग गरिएको सामग्रीको विवरण मागेको थियो । साथै मन्त्रालयले यो छानबिन नसकिएसम्म औषधीको विज्ञापन नगर्न आदेश दिएको थियो ।
प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताका अनुसार रामदेवका साथै चार जनामाथि अधिवक्ता बलराम झक्कडले ज्योति नगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन्। यो मात्रै नभई विभिन्न प्रहरी चौकीहरुमा रामदेव विरुद्ध उजुरी दर्ता भएको अशोकले बताए ।
हरिद्धारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उजुरीकर्ता झक्कडले कोरोना भाइरसको उपचार गर्ने भन्दै पतञ्जलीले औषधी बनाएर विज्ञापन गरेको र यो औषधी बेच्नुअघि आयुष मन्त्रालयमा यसले स्वीकृति नलिएकोले उजुरी गरेको बताए।
बिहीबार पतञ्जली आयुर्वेदले यो औषधी सबै नियमहरु पुरा गरी सार्वजनिक गरेको दावी गरेको थियो। पतञ्जलीका प्रवक्ता एस के तिजरावालले अश्वगन्धा, गुर्जो र तुलसीको सम्मिश्रणबाट परम्परागत ज्ञान र अनुभवका आधारमा यो औषधी तयार पारेको बताए।
द वायरबाट