काठमाडौं। जग्गाको रजिष्ट्रेसन पास गर्ने कामका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जिल्लाको जीवनपुरस्थित चार रोपनी जग्गा पास गर्ने क्रममा लेखापढी व्यवसायी श्रेष्ठमार्फत् कम्प्युटर अपरेटर अधिकारीले सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार जग्गा पासको काम छिटो गरेबापत भन्दै अधिकारीले उक्त रकम घुस लिएको अनुसन्धानमा खुलेको थियो।
अख्तियारले घुस लिएबापत अधिकारी तथा घुस दिने काममा प्रत्यक्ष संलग्न भएबापत लेखापढी व्यवसायी श्रेष्ठविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
दुवैविरुद्ध जनही पाँच हजार रूपैयाँ बिगोदाबी कायम गरिएको छ।
" /> काठमाडौं। जग्गाको रजिष्ट्रेसन पास गर्ने कामका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।जिल्लाको जीवनपुरस्थित चार रोपनी जग्गा पास गर्ने क्रममा लेखापढी व्यवसायी श्रेष्ठमार्फत् कम्प्युटर अपरेटर अधिकारीले सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

">