सिमलामा एक नेपालीको जलेर मृत्यु

काठमाडौं। भारतको सिमलामा स्याउ टिप्ने काम गर्दै आएका एक नेपालीको त्यहाँ आगलागीमा परी मृत्यु भएको छ।

घरमा आगलागी हुँदा ५५ वर्षीय राजु नाम गरेका ती नेपालीको जलेर मृत्यु भएको भारतीय दैनिक अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

राजु सिमलामा गिरिश गौतमको घरमा बस्दै आएका थिए। उनी उक्त घरमा दुई साता अघि मात्र सरेका थिए।

हिन्दूस्तान टाइम्सका अनुसार उनी बसेको घरमा गत शुक्रबार आगलागी भएको थियो।

गाउँलेहरूले घरमा आगलागी भएको शनिबार मात्र थाहा पाएका थिए।

त्यसपछि गाउँलेहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले आएर जलेको घरमा खोजी गर्दा ७० प्रतिशत शरीर जलेको अवस्थामा उनको शव भेटिएको थियो।

डीएसपी रामपुर बुशहर अभिमन्य वर्माले घटनाको थप अनुसन्धान भइरहेको अखबारलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्