टिपरबाट लडेर मकवानपुरमा एकजनाको मृत्यु
<p>काठमाडौं। मकवानपुरमा टिपरबाट लडेर एकजनाको मृत्यु भएको छ।</p>
<p>भिमफेदी गाउँपालिका-७, दमारस्थित सडकमा भिमफेदीबाट ईपातर्फ जाँदै गरेको सगुन कन्ट्रक्सनको लु १ क ४२२८ नम्बरको गुडिरहेको टिपरमा चढ्न खोज्दा लडेर गम्भीर घाइते भएका थिए।</p>
<p>स्थानीय ६० वर्षीय जितबहादुर रानाको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p>टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
