काठमाडौं। लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाएको छ।

महामारीका कारण प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको थियो।

लकडाउन खुकुलो भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सीधै बजारमा उपलब्ध गराएको हो।

बजार खुकुलो भएसँगै रोकिएर रहेका पुस्तकहरू बजारमा पठाइएको पब्लिकेसन नेपालयकी सैजन मास्केले जानकारी दिइन्।

लकडाउनपछिको पहिलो चरणमा ‘परित्यक्ता’ पुस्तकलाई भौतिकरूपमै बजारमा वितरण गरिएको उनको भनाइ छ। यो पुस्तक गत वर्ष नै प्रकाशित भएको थियो। तर, महामारीका कारण सार्वजनिक हुन सकेको थिएन।

परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो।

यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे।

पुस्तकमा यस्तै कुराहरू समावेश गरिएको छ।

सन् १९७० को समयमा साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी ढुंगानाको यो पहिलो उपन्यास हो।

नेपालयले केही दिन पहिले ‘ई-बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो।

" /> काठमाडौं। लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाएको छ।

महामारीका कारण प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको थियो।

लकडाउन खुकुलो भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सीधै बजारमा उपलब्ध गराएको हो।

बजार खुकुलो भएसँगै रोकिएर रहेका पुस्तकहरू बजारमा पठाइएको पब्लिकेसन नेपालयकी सैजन मास्केले जानकारी दिइन्।

लकडाउनपछिको पहिलो चरणमा ‘परित्यक्ता’ पुस्तकलाई भौतिकरूपमै बजारमा वितरण गरिएको उनको भनाइ छ। यो पुस्तक गत वर्ष नै प्रकाशित भएको थियो। तर, महामारीका कारण सार्वजनिक हुन सकेको थिएन।

परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो।

यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे।

पुस्तकमा यस्तै कुराहरू समावेश गरिएको छ।

सन् १९७० को समयमा साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी ढुंगानाको यो पहिलो उपन्यास हो।

नेपालयले केही दिन पहिले ‘ई-बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो।

"> लकडाउन खुकुलो भएसँगै नेपालयको पहिलो पुस्तक बजारमा: Dekhapadhi
लकडाउन खुकुलो भएसँगै नेपालयको पहिलो पुस्तक बजारमा
काठमाडौं। लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाएको छ।

महामारीका कारण प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको थियो।

लकडाउन खुकुलो भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सीधै बजारमा उपलब्ध गराएको हो।

बजार खुकुलो भएसँगै रोकिएर रहेका पुस्तकहरू बजारमा पठाइएको पब्लिकेसन नेपालयकी सैजन मास्केले जानकारी दिइन्।

लकडाउनपछिको पहिलो चरणमा ‘परित्यक्ता’ पुस्तकलाई भौतिकरूपमै बजारमा वितरण गरिएको उनको भनाइ छ। यो पुस्तक गत वर्ष नै प्रकाशित भएको थियो। तर, महामारीका कारण सार्वजनिक हुन सकेको थिएन।

परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो।

यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे।

पुस्तकमा यस्तै कुराहरू समावेश गरिएको छ।

सन् १९७० को समयमा साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी ढुंगानाको यो पहिलो उपन्यास हो।

नेपालयले केही दिन पहिले ‘ई-बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्