पछिल्लो २४ घण्टामा ४६३ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
<p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p>देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४६३ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
