काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन्।
एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको शुरूआतबाटै मन्त्रालयका काममा आफैं ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे।
उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिए।
“अहिल्यै मैले पूर्वसूचना गरेको छु। साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ। राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ। त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला”, उनले भने।
आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, “तपाईंहरूले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ। उक्त सम्झौताअनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो त्यो गरिन्छ।”
हरेक एक वर्षमा कक्षा चढेजस्तै आफूहरूको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अंकका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताए। रासस
" /> काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन्।एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको शुरूआतबाटै मन्त्रालयका काममा आफैं ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे।

">