काठमाडौं। ध्रुब भट्टराईले बृहस्पति विद्या सदनमा टेक्निसियनको काम गर्दै आएको २७ वर्ष पुग्यो। २७ वर्षसम्म प्लम्बिङको काम गर्दै आएका उनलाई विद्यालयले निकालेको छ। कोरोना महामारीको कारण देखाउँदै उनलाई कामबाट निकालिएको हो।
“राजीनामा दिनुहोस् भनेर विद्यालयले बाध्य पार्यो,” भट्टराईले भने।
“राजीनामा त आफैले लेखेर दिइने हो। तर अङ्ग्रेजीमा लेखिएको कागजमा सही गर्न लगाएर काममा नआउनुहोला भनियो ! झण्डै तीन दशकसम्म काम गरियो। अन्तमा यसरी अपमानित शैलीमा निकालियो,” भट्टराईले गुनासो गरे।
२४ वर्षदेखि स्कुल बस चलाउँदै आएका गणेश डोटेललाई पनि राजीनामा गर्न बाध्य पारिएको छ।
“लकडाउनका बेला बसहरू पनि चलेनन्। अब पुराना बसहरूलाई बेच्छौं। तपाईंहरूको काम छैन भनेर २ महिना बराबरको तलब दिएर राजीनामा गर्न बाध्य पारियो,” डोटेलले भने।
तलब खुवाउन नसक्ने कारण देखाउँदै नक्सालमा रहेको बृहस्पति विद्या सदन र ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जल्स स्कुलले शिक्षक तथा कर्मचारीलाई निकालेको हो। “अब बाँकी दिनमा तलब खुवाउन गाह्रो भएको भन्दै २७ वर्ष काम गरेका शिक्षकलाई निकालियो। उहाँहरुलाई २७ महिनाको तलब दिएर निकालिएको हो। अरुलाई पनि जति वर्ष काम गरेका थिए त्यत्ति नै महिनाबराबरको तलब दिएर बिदा गरिएको छ,” विद्यालयमा कार्यरत एक शिक्षकले देखापढीसँग भने ।
शिक्षक–कर्मचारीहरुलाई यस्तो महामारीका बेला निकाल्दा परिवार पाल्नै समस्या पर्ने भन्दै अनुनयविनय गर्दा पनि निकालिएको उनको भनाइ छ। “हामीले प्रिन्सिपल तथा एचआरलाई हात जोड्यौं। यस्तो बेला शिक्षक कर्मचारी ननिकाल्नुस् भन्यौं। हामीलाई प्रबन्ध निर्देशकसँग भेट गराउन पनि भन्यौं,” ती शिक्षकले भने, “तर मासिक २ लाख ४० हजार तलब खाने प्रिन्सिपलले हाम्रो कुरा सुन्दै सुनेनन्। मासिक १० देखि २० हजार रुपैयाँ तलब खाएर घरपरिवार लालनपालन गर्दै आएका शिक्षक–कर्मचारीको पेटमै लात मारे।”
झण्डै १२ सय विद्यार्थी अध्ययनरत् विद्यासदनमा २३० जना शिक्षक कार्यरत छन्। लकडाउनको समयमा कतिपय शिक्षक–कर्मचारीहरूलाई खानेकुराका समेत समस्या हुँदा स्थानीय जनप्रतिनिधिमार्फत् राहत लिन लाइनमै लागेका थिए।
“विद्यालयले तलब नदिँदा थाल बोकेर निःशुल्क पाइने खाना लिन लाइनमै बसियो। विद्यालय भने हरेक वर्ष करोडौंको सम्पत्ति जोड्दै जान्छ, तर काम गर्ने शिक्षक–कर्मचारी भने तीन महिना महामारी हुँदा खानाको लागि पनि लाइनमा बस्नुपर्ने समस्या आयो,” ती शिक्षकले पीडा सुनाए।
लिटिल एञ्जल्स स्कुलले पनि हालै ११ जना शिक्षक निकालेको छ। स्कुलले प्लस टूमा पढाउने शिक्षक निकालेको हो।
अहिले प्लस टूमा १२५० जना विद्यार्थी छन्। उनीहरुलाई पढाउन ७७ जना शिक्षक छन्। कोरोना महामारीका कारण तलब खुवाउन नसकिने भन्दै पार्टटाइम र फुलटाइमर शिक्षकलाई निकालिएको हो।
प्लस टू संयोजक कृष्णदत्त अवस्थीले कन्ट्रयाक्टबेसमा पढाउँदै आएका शिक्षकहरुलाई निकालिएको बताए। “विद्यालयलाई समस्या पर्दा जुनसुकै बेला पनि निकाल्न सक्छौं भन्दै सम्झौता गरेका थिए,” अवस्थीले भने, “गत वर्ष नै तलब खुवाउन समस्या भएको थियो। अहिले त जटिल परस्थिति आएपछि भोलि आवश्यक परेको खण्डमा बोलाउने गरी घरमै बस्न भनेका छौं।”
शिक्षक–कर्मचारीलाई यो समयमा निकाल्नु आफ्नो रहर नभएर बाध्यता भएको अवस्थीको भनाइ छ। विद्यालयले खर्च धान्नै नसक्ने अवस्था आएपछि उनीहरुलाई अहिले काममा नआउन भनिएको उनी बताउँछन्।
संस्थागत विद्यालयका शिक्षक–कर्मचारीहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले त्यसरी काम गर्दै आएका शिक्षक–कर्मचारीलाई निकालेकोमा आपत्ति प्रकट गरेका छन्।
लामो समयदेखि काम गर्दै आएका शिक्षक–कर्मचारीलाई विद्यालयहरूले धमाधम निकाल्दा अन्यको पनि मनोबल घट्दै गइरहेको उनी बताउँछन्। “विद्यालयले यसरी तलब दिन सक्दैनौं भन्न पाइँदैन। करोडौं नाफा कमाएर अहिले तीन महिना महामारी हुँदा तलबै दिन्नौं भन्न पाइन्छ ?” अध्यक्ष थापाले प्रश्न गरे।