गण्डकी प्रदेशबाट ४९ जना कोरोना संक्रमित डिस्चार्ज
<p>काठमाडौं। गण्डकी प्रदेशबाट ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>स्वास्थ्य निर्देशनालयका अनुसार ६ जना महिला र ४३ जना पुरुष गरेर ४९ जना संक्रमित डिस्चार्ज भएका हुन्। </p>
<p>स्याङ्जाका ३२ जना, म्याग्दीका तीनजना, तनहुँका ६ जना, पर्वतका आठजना गरेर ४९ जना डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ।</p>
<p>योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७० पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
