गण्डकी प्रदेशमा थप सातजनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं।  गण्डकी प्रदेशमा थप सातजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप सातजना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बागलुङका दुई, म्याग्दीका दुई, पर्वतका एक, लमजुङका एक, कास्कीका एकजना गरेर सातजनामा संक्रमण पुष्टि भएको हो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्