सुदूरपश्चिममा थपिए ९८ जना कोरोना संक्रमित
<p>कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। </p>
<p>धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनले कैलालीका २९ जनामा र डोटिका ६९ जनामा कोरोना पुष्टि भएको बताए । </p>
<p>योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार १७४ जना पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
