काठमाडौं। सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरका नायव सुब्बा डोरप्रसाद पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विभिन्न कम्पनीहरूको अभिलेख अध्यावधिक गर्ने क्रममा पन्थीले लेखा परीक्षक रामचन्द्र श्रेष्ठको प्रतिवेदन सामेल हुने फाइलमा सहजता प्रदान गर्न भनी पाँच हजार रूपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानमा पुष्टि भएको जनाइएको छ।
घुस लिएबापत् नायव सुब्बा पन्थी तथा घुस दिएबापत् लेखा परीक्षक श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत जनही पाँच हजार रूपैयाँ बिगो दाबी गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
" /> काठमाडौं। सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरका नायव सुब्बा डोरप्रसाद पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।विभिन्न कम्पनीहरूको अभिलेख अध्यावधिक गर्ने क्रममा पन्थीले लेखा परीक्षक रामचन्द्र श्रेष्ठको प्रतिवेदन सामेल हुने फाइलमा सहजता प्रदान गर्न भनी पाँच हजार रूपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानमा पुष्टि भएको जनाइएको छ।

">