“सलह कीरा विस्तारै तराईबाट पहाडतीर चढ्दै गरेको छ,” कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले देखापढीसँग भने, “सहल छरिएर फैलिरहेको छ। कतै ठूलो झुण्ड त कतै सानो झुण्डहरु देखिएका छन्।”
कृषि मन्त्रालयका अनुसार आज मध्यान्ह्रसम्म रामेछाप, कपिलवस्तु, पाल्पा, काभ्रेपलाञ्चोक, स्याङ्जा, कास्की, गोर्खा, सिन्धुली, रामेछाप, बारा, पर्सा, सर्लाही, सिन्धुपाल्चोक, पाँचथर, मकवानपुर, चितवन र रुपन्देहीमा सलह देखिएका छन्।
“हावाको प्रेसरले गर्दा होला सहल छरिएर फैलिँदै गरेको देखिन्छ। ठूलो झुण्ड विभाजित भई बिभिन्न दिशातर्फ गएको पाइन्छ,” हुमागाईले भने।
सलह शनिबार भारतको विहारबाट विहान विहान ७ देखि ९ बजेबीचमा नेपाल प्रवेश गरेको प्रारम्भिक अध्ययनले देखाएको छ। हालसम्म कति संख्यामा सहल नेपाल प्रवेश गरे यकिन गर्न सकिएको छैन। “धेरै ठाउँमा स–सानो झुण्ड रहेकोले धेरै नै प्रवेश गरेको अनुमान लगाउन सकिन्छ,” हुमागाईले जानकारी दिए।
अहिले मन्त्रालयले भारतसँग सलह कीराबारे जानकारी लिइरहेको छ। भारतले ५० प्रतिशत सलह कीरा मारेको जानकारी दिएको छ। त्यसैले बाँकी रहेका सलह स–साना झुण्डमा नेपाल प्रवेश गरेको अनुमान गरिएको छ।
सलह भारतसँग सीमा जोडिएका बारा, पर्सा, सर्लाही र रुपन्देही हुँदै नेपाल प्रवेश गरेको देखिएको छ। दक्षिणबाट उत्तरतर्फ हावा वहँदा सहल भारतबाट नेपाल प्रवेश गरेको हुमागाईले बताए। हावा वहने यो क्रम सोमबारसम्म रहनेछ। सोमबारसम्म सलह भारतबाट नेपाल आइरहन सक्ने अनुमान गरिएको छ। “हामी होसियार हुनुपर्ने अवस्था छ,” उनले भने।
नेपालमा प्रवेश गरेको सहल मरुभूमि सलह भएको निर्क्यौल गरिएको छ। नेपालमा हाल अपरिपक्व र वयस्क दुई थरी सहल प्रवेश गरेका छन्। अपरिपक्व सलह खैरो र परिपक्व पहेंलो रंगको हुने गर्छ।
“नेपाल छिरेको धेरै सलह वैजनी खैरो खालका छन्। यो बढी खन्चुवा हुन्छ,” हुमागाईले भने, “वयस्कले फुल पार्न खोज्छ, पुरानो ठाउँमा फर्कन खोज्छ। मौसमका कारण अहिले वयस्क सलह राजस्थान फर्कन नसक्ने देखिन्छ। त्यसैले नेपालमा बरालिएको छ।”
सलहको जिवनचक्र नेपालमा सम्भव छैन। जब पानी पर्छ मरुभूमिमा १० देखि १२ सेन्टिमिटरभित्र छिरेर यसले अण्डा पार्छ। पानीमा पार्न सक्दैन। यसलाई अण्डा पार्न थोरै चिस्यान चाहिन्छ, जुन वातावरण नेपालमा छैन। उनले थपे, “नेपालमा अण्डा पारेर वंश वृद्धि गर्ने सम्भावना छैन।”
शनिबार सलहले नेपालमा खासै क्षति नगरे पनि आज भने क्षति गरेको सूचनाहरु प्राप्त भएको उनले जनाए। “हिजो बारा, सर्लाहीमा धेरै क्षति गरेको छैन। आज मकवानपुर गढीमा, चीतवनको पदमपुर क्षेत्रमा, र बुटवलबाट पश्चिम लागेको झुण्डले सैनामैनामा मकैमा क्षति गरेको खबर आएको छ,” उनले भने।
सलहको सानो झुण्डलाई टिन ठटाएर, ठूलो आवाज निकालेर, धुँवा निकालेर भगाउन सकिने हुमागाईले बताए। विषादी छर्नै परे विहानी पख मात्र छर्कनु पर्ने उनले जनाए। “यो कीरा बेलुका कहाँ बास बस्छ पत्ता लगाए विहान ५ देखि ८ बजेसम्म विषादी छर्कनु पर्छ। दिउँसो विषादी छर्केर नियन्त्रण गर्न सकिँदैन,” उनले भने।
कुनै पनि विषादी खतरनाक हुनेहुँदा सावधानीपूर्वक छर्कनु पर्ने उनले बताए। प्रत्येक किसानले विषादी छर्केर मार्न नसकिने उनले जनाए। उनले थपे, “सबैले विषादी छर्के वातावरणमा प्रभाव र स्वास्थ्यमा असर गर्छ। विषादी छर्ने काम सरकारी निकायको प्राविधिक टोलीले गर्नुपर्छ।”
अहिलेसम्म सलहले के कति क्षति गर्यो भन्ने विवरण संकलन कार्य सुरू भएको पनि उनले जनाए ।
" /> काठमाडौं। शनिबार विहान भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा आजसम्म १७ जिल्लामा भेटिएको छ। स–साना झुण्डमा सलह कीरा पहाडी जिल्लातर्फ फैलँदै गरेको पाइएको छ।“सलह कीरा विस्तारै तराईबाट पहाडतीर चढ्दै गरेको छ,” कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले देखापढीसँग भने, “सहल छरिएर फैलिरहेको छ। कतै ठूलो झुण्ड त कतै सानो झुण्डहरु देखिएका छन्।”

">