बैतडी। हातहतियारसहित भारतबाट अवैध रूपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिंडीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका-८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन्।
उनीहरुलाई दशरथचन्द-८ नल्तडीस्थित महाकाली किनारबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रूपमा बिँडी भित्रिरहेको सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यसअघि २८ जेठमा पनि झुलाघाटस्थित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोलीले दशरथचन्द-६ शेराबाट दुई पेटी बिडी बरामद गरेको थियो। रासस
" /> बैतडी। हातहतियारसहित भारतबाट अवैध रूपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिंडीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका-८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन्।

">