काठमाडौं। पशुपति क्षेत्र भित्र पर्ने काठमाडौं महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ। गणेशस्थान चौरसमेत भनिने करिब चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ ।

विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन्। समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको बताउँछन् । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ ।

पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन। ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन। वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन्। उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन।

तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उनले बताए।

गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन्। मासिक ४८ हजार रुपैयाँ फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको बताएको छ। समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ ।

आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरेका छन्।

पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गर्थ्यो । हाल भने वडा कार्यालयलाई दिन बन्द गरिएको छ। भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष थिए। स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउँछन्। कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले दाबी गरे।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउँछन्। चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । रासस

" /> काठमाडौं। पशुपति क्षेत्र भित्र पर्ने काठमाडौं महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ। गणेशस्थान चौरसमेत भनिने करिब चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ ।

विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन्। समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको बताउँछन् । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ ।

पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन। ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन। वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन्। उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन।

तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उनले बताए।

गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन्। मासिक ४८ हजार रुपैयाँ फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको बताएको छ। समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ ।

आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरेका छन्।

पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गर्थ्यो । हाल भने वडा कार्यालयलाई दिन बन्द गरिएको छ। भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष थिए। स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउँछन्। कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले दाबी गरे।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउँछन्। चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । रासस

"> चावहिलको चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ !: Dekhapadhi
चावहिलको चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ !
काठमाडौं। पशुपति क्षेत्र भित्र पर्ने काठमाडौं महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ। गणेशस्थान चौरसमेत भनिने करिब चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ ।

विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन्। समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको बताउँछन् । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ ।

पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन। ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन। वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन्। उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन।

तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उनले बताए।

गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन्। मासिक ४८ हजार रुपैयाँ फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको बताएको छ। समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ ।

आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरेका छन्।

पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गर्थ्यो । हाल भने वडा कार्यालयलाई दिन बन्द गरिएको छ। भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष थिए। स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउँछन्। कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले दाबी गरे।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउँछन्। चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । रासस

प्रतिक्रिया दिनुहोस्