पछिल्लो समय अमेरिकामा गरिएको एक अध्ययनले डाइबिटिज र हृदयरोग भएका मानिसको कोरोना सङ्क्रमणबाट अधिक मृत्यु भएको छ। छिमेकी भारतको पनि अवस्था यस्तै छ।
चिकित्सकहरू अहिले डाइबिटिजका विरामीलाई कोरोनाबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा लागिपरेका छन्। डाइबिटिजका विरामीको शरीरमा यो भाइरस प्रवेश गरेपछि तीव्र गतिमा सङ्क्रमण फैलने तथ्य चिकित्सकहरूले सार्वजनिक गरेका छन्। स्वस्थ मानिसको शरीर कोरोना भाइरस प्रवेश गरे पनि त्यो निकै सुस्त गतिमा फैलन्छ र सफल उपचारको सम्भावना पनि अधिक रहन्छ।
डाइबिटिजसँग जुधिरहेको विरामीको शरीरमा जब कोरोना भाइरस पस्छ तब त्यसले तीव्र गतिमा स्वास नलीमा असर गर्न थाल्छ। विरामीलाई स्वास फेर्न कठिन हुन थाल्छ। तत्कालै उपचार नपाएका खण्डमा सङ्क्रमितको मृत्यु हुन्छ। मृत्युको कारण झट्ट हेर्दा कोरोना देखिन्छ, तर विरामी डाइबिटिजबाट पहिलादेखि नै पीडित हुन्छ।
हामीलाई थाहा छ, विभिन्न रोगबाट पीडित व्यक्तिको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ। डाइबिटिजका विरामीको अवस्था त अन्य रोगभन्दा पनि झनै जटिल हुन्छ। डाइबिटिजले गाँजेको विरामीलाई कुनै पनि सरुवा रोगले सहजै पक्रन्छ।
डाइबिटिजका विरामीलाई जब कोरोनाले समाउँछ तब निको हुने सम्भावना निकै कम हुने अध्ययनले देखाएको छ। साथै,कोरोना सङ्क्रमित व्यक्ति यदि अधिक तनावमा रह्यो भने पनि मृत्युको सम्भावना बढी हुने पाइएको छ।
" /> काठमाडौं। डाइबिटिज समस्या नहुने सम्भवतः कुनै मुलुक छैन। कोरोना भाइरसको सङ्क्रमणले दुनियाँमा हाहाकार मच्चिरहेको छ। कस्तोखालको स्वास्थ्य समस्या भएका मानिसलाई कोरोनाले चाँडो असर गर्छ भन्नेबारे पनि अध्ययन–अनुसन्धान जारी छ।पछिल्लो समय अमेरिकामा गरिएको एक अध्ययनले डाइबिटिज र हृदयरोग भएका मानिसको कोरोना सङ्क्रमणबाट अधिक मृत्यु भएको छ। छिमेकी भारतको पनि अवस्था यस्तै छ।

">