पाल्पा। अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएको जनाइएको छ। यसैबीच तानसेन-रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ ।
पूर्वखोला गाउँपालिक- १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको गिरीले जानकारी दिए।
पहिरोबारे यात्रु र चालकलाई जानकारी नहुँदा उनीहरू बीच बाटामा अलपत्र परेका छन् । रासस
" /> पाल्पा। अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ।सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

">