काठमाडौं। डिएगो कोस्टा र साउल निगुएजको गोलमा एट्लेटिको मड्रिडले गएराति डेपोर्टिभो अलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा शीर्ष चारको स्थान बलियो बनाएको छ। घरेलु मैदानमा निगुएजको गोलबाट एट्लेटिकोले ५९औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा कोष्टाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
इन्जुरी समयमा वैकल्पिक खेलाडी जोसेलुले पेनाल्टीमा गरेको गोल अलाभेसका लागि शान्त्वना बन्यो। जितसँगै ३२ खेलबाट ५८ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ। जुन चौंथो स्थानको सेभियाभन्दा चार अंकले माथि हो। यसँगै लिगमा ६ खेल बाँकी रहँदा एट्लेटिकोले च्याम्पियन्स लिगको स्थान बलियो बनाएको छ। अलाभेस भने ३५ अंकका साथ १५औं स्थानमा छ।
ला लिगाकै अर्को खेलमा एनरिक गालेगोको दुई गोलप्रेरित ओसासुनाले लेगानेसलाई २–१ ले पराजित गर्यो। ओसासुना ४१ अंकका साथ ११औं स्थानमा छ भने लेगानेस २५ अंकका साथ १९औं स्थानमा छ।
" /> काठमाडौं। डिएगो कोस्टा र साउल निगुएजको गोलमा एट्लेटिको मड्रिडले गएराति डेपोर्टिभो अलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा शीर्ष चारको स्थान बलियो बनाएको छ। घरेलु मैदानमा निगुएजको गोलबाट एट्लेटिकोले ५९औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा कोष्टाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।इन्जुरी समयमा वैकल्पिक खेलाडी जोसेलुले पेनाल्टीमा गरेको गोल अलाभेसका लागि शान्त्वना बन्यो। जितसँगै ३२ खेलबाट ५८ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ। जुन चौंथो स्थानको सेभियाभन्दा चार अंकले माथि हो। यसँगै लिगमा ६ खेल बाँकी रहँदा एट्लेटिकोले च्याम्पियन्स लिगको स्थान बलियो बनाएको छ। अलाभेस भने ३५ अंकका साथ १५औं स्थानमा छ।
ला लिगाकै अर्को खेलमा एनरिक गालेगोको दुई गोलप्रेरित ओसासुनाले लेगानेसलाई २–१ ले पराजित गर्यो। ओसासुना ४१ अंकका साथ ११औं स्थानमा छ भने लेगानेस २५ अंकका साथ १९औं स्थानमा छ।
">