काठमाडौं। ह्यारी म्यागुएरले थप गरिएको समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति नर्विच सिटीलाई २-१ ले हराउँदै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ।
युनाइटेडले ५१औं मिनेटमा ओडिएन इगालोको गोलबाट अग्रता लिएको थियो। ७५औं मिनेटमा टोड कान्टवेलले बराबरी गोल फर्काए।
८९औं मिनेटमा टिम क्लोजले रातोको कार्डको सामना गरेपछि नर्विच सिटी दश खेलाडीमा सिमित बनेको थियो।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि तीन मिनेटको समय थप गरिएको थियो। थप समय सकिन दुई मिनेट बाँकी छँदा म्यागुयरले गोल गरेपछि युनाइटेड अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।
पाउल पोग्बाले इगालोलाई पास दिएका थिए। इगालोले एन्थोनी मार्सियाललाई पास दिए। तर, मार्सियालले बल राम्रोसँग नियन्त्रणमा लिन सकेनन् र नर्विच सिटीका रक्षकले पनि त्यसलाई राम्रोसँग क्लियर गर्न नसक्दा पाएको अवसरलाई म्यागुयरले गोलमा परिणत गरे।
युनाइटेडले एफए कपको सेमिफाइनलमा स्थान बनाएको यो ३०औं पटक हो।
" /> काठमाडौं। ह्यारी म्यागुएरले थप गरिएको समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति नर्विच सिटीलाई २-१ ले हराउँदै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ।युनाइटेडले ५१औं मिनेटमा ओडिएन इगालोको गोलबाट अग्रता लिएको थियो। ७५औं मिनेटमा टोड कान्टवेलले बराबरी गोल फर्काए।

">