चितवन। भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ। महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको बताइन्। उनले भनिन्, “आर्थिक अभावमा अस्पतालसम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गरेकी थिइन्।
आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ। प्रमुख भए लगत्तै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै उनले केन्द्रीयस्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताइन्। गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले महानगरपालिकाले विभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने बताए। महानगरले दिएको एम्बुलेन्समा गर्भवती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उनले बताए। अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले महानगर प्रमुख अस्पतालको विकास समितिमा हुने भएकाले अस्पताललाई आवश्यक पर्दा सहयोग माग्ने ठाउँ महानगर बनेको बताए। रासस
" /> चितवन। भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ। महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको बताइन्। उनले भनिन्, “आर्थिक अभावमा अस्पतालसम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गरेकी थिइन्।

">