धनुषा। प्रदेश २ को धनुषा, महोत्तरी र पर्सामा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना र पर्सा जिल्लामा दुईजनामा कोभिड-१९ पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनमा १९, २२ र ३५ वर्षका पुरुषमा संक्रमणको पुष्टि भएको छ। यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्षदेखि ३३ वर्षका चारजना पुरुष, औरही नगरपालिकाको क्वारेन्टाइनमा एक वर्षका एक/एक बालक र बालिकासहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा संक्रमण भएको हो।
यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष र महिलामा संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित प्रदेश २ मा कूल संक्रमित तीन हजार १९ जना पुगेको छ। जसमा २०० महिला तथा तीन हजार ११९ जना पुरुष रहेका छन् ।