काठमाडौं। महामारीपछि पुनः शुरू भएको पहिलो लिग जर्मन बुन्डेसलिगा गएराति सम्पन्न भएको छ। जारी सिजनको अन्तिम दिन बोरुसिया मोन्चेनग्लाडबचले शीर्ष चारमा स्थान पक्का गर्दा फर्चुना डसेलडर्फ एक अंकले पछाडि पर्दा रेलिगेशनमा परेको छ।
कोभिड-१९ महामारीका स्थगित भएपछि पुनः शुरू गर्ने जर्मन बुन्डेसलिगा पहिलो युरोपियन लिग हो। यूरोपका शीर्ष लिगमध्ये जारी सिजनलाई पूर्णता दिने पनि बुन्डेसलिगा पहिलो लिग हो। बुन्डेसलिगाले सफल शुरूआत गरेपछि अन्य देशहरूले पनि त्यसलाई अपनाएका थिए।
बायर्न म्युनिखले लिगमा दुई खेल बाँकी छँदै लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि पक्का गरिसकेको थियो। बायर्नले उल्फ्सबर्गलाई ४-० ले पराजित गर्दै १३ अंकको अग्रतासहित शीर्ष स्थानमा रह्यो। होफेनहेइमसँग ४-० ले पराजित भए पनि बोरुसिया डर्टमण्ड दोस्रो स्थानमा कायमै रह्यो।

हेर्था बर्लिनलाई २-१ ले पराजित गरेको मोन्चेनग्लाडबच २०१६/१७ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो।
मोन्चेनग्लाडबचले पाँचौ स्थानको बायर लेभरकुसेनलाई दुई अंकले पछि पार्यो। लेभरकुसेनले मेइन्जलाई १-० ले पराजित गरे पनि चौथो स्थान पक्का गर्न सकेन।
वेर्डर ब्रेमनले कोलनलाई ६-१ ले पराजित गर्दै तत्काललाई रेलिगेशनको सम्भावना टारेको छ। वेर्डर ब्रेमन रेलिगेशन क्षत्रेको डसेलडर्फभन्दा एक अंकले मात्र माथि रह्यो।
डसेलडर्फ बर्लिन युनियनसँग ३-० ले पराजित भएपछि रेलिगेशन टार्न सकेन। पाडरबर्न र डुसेलडर्फ रेलिगेशनमा परे।
वेर्डर ब्रेमनले दुई लेगको रेलिगेशन प्लेअफ खेल्नेछ।
" /> काठमाडौं। महामारीपछि पुनः शुरू भएको पहिलो लिग जर्मन बुन्डेसलिगा गएराति सम्पन्न भएको छ। जारी सिजनको अन्तिम दिन बोरुसिया मोन्चेनग्लाडबचले शीर्ष चारमा स्थान पक्का गर्दा फर्चुना डसेलडर्फ एक अंकले पछाडि पर्दा रेलिगेशनमा परेको छ।कोभिड-१९ महामारीका स्थगित भएपछि पुनः शुरू गर्ने जर्मन बुन्डेसलिगा पहिलो युरोपियन लिग हो। यूरोपका शीर्ष लिगमध्ये जारी सिजनलाई पूर्णता दिने पनि बुन्डेसलिगा पहिलो लिग हो। बुन्डेसलिगाले सफल शुरूआत गरेपछि अन्य देशहरूले पनि त्यसलाई अपनाएका थिए।

">