काठमाडौं। आफैंले चलाएको कार दुर्घटनामा परी रूपन्देहीको बुटवलमा एक जनाको मृत्यु भएको छ।
बुटवलबाट घर फर्कदैँ गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति १२ बजेतिर सडकको डिभाइडरमा बा ७ च ६९५९ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा ३० वर्षीय कृष्ण पाण्डेको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनी पत्रकार हुन्।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका पाण्डेलाई बुटवलको चौराहा हस्पिटलमा उपचारका लागि लगिएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।
स्याङ्जा स्थायी ठेगाना भएका पाण्डे पछिल्लो एक दशकयता बुटवलमा बसेर पत्रकारिता गरिरहेका थिए।
" /> काठमाडौं। आफैंले चलाएको कार दुर्घटनामा परी रूपन्देहीको बुटवलमा एक जनाको मृत्यु भएको छ।बुटवलबाट घर फर्कदैँ गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति १२ बजेतिर सडकको डिभाइडरमा बा ७ च ६९५९ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा ३० वर्षीय कृष्ण पाण्डेको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनी पत्रकार हुन्।

">