काठमाडौं। लियन्डर डेनडोनकरको गोलमा उल्भरह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई १-० ले हराउँदै शीर्षको सम्भावनालाई जिवितै राखेको छ।
नुनो स्पिरिटोको उल्भरह्याम्पटन जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको छ। ३२ खेल खेलेको उल्भरह्याम्पटनको ५२ अंक छ। जुन एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा दुई अंकले पछाडी हो भने पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले अगाडी हो।
मिडफिल्डर डेनडोनकरले शीर्ष चारको सपना देख्नु खुशीको कुरा भए पनि उल्भरह्याम्पटनका लागि त्यो कठिन रहेको बताए।
‘‘सबैले सपना देखेका छन्। तर हामी यथार्थपरक हुनुपर्छ,’’ डेनडोनकरले भने, ‘‘हामीले अझै केही कठिन खेल खेल्न बाँकी छ। तर, हामीले पछिल्लो ९ अंकको खेलमा ९ अंक नै ल्याएका छौं। जुन धेरै राम्रो हो। हामीले प्रत्येक खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्छ।’’
६२औं मिनेटमा जोनीको पासमा डेनडोनकरले १८ यार्डबाट वायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो। डेनडोनकरको त्यही गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
हारसँगै एस्टन भिल्लाले रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमायो। एस्टन भिल्लाको २७ अंक छ। रेलिगेशनभन्दा माथि रहेको वेष्ट ह्यामसँग बराबरी हो भने १६औं स्थानमा रहेको वाटफोर्डभन्दा एक अंकले पछाडी हो। तथापी दुवै टीमले एक खेल कम खेलेका छन्।
" /> काठमाडौं। लियन्डर डेनडोनकरको गोलमा उल्भरह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई १-० ले हराउँदै शीर्षको सम्भावनालाई जिवितै राखेको छ।नुनो स्पिरिटोको उल्भरह्याम्पटन जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको छ। ३२ खेल खेलेको उल्भरह्याम्पटनको ५२ अंक छ। जुन एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा दुई अंकले पछाडी हो भने पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले अगाडी हो।

">