बागमती प्रदेशमा २ हजार ४५० आइसोलेसन बेड थप गर्ने निर्णय
हेटौंडा। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले दुई हजार ४५० आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ।

समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। हाल प्रदेशले एक हजार २५८ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखेको छ।

समितिका अनुसार १० प्रतिशत महिलाहरूको लागि सुरक्षित गरी उपत्यकाका तीन जिल्लामा एक हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १०० र दोलखा, रामेछाप र रसुवामा ५०/५० वटा बेड तयार गरिनेछ।

यसैगरी वैदेशिक रोजगारमा गई स्वदेश फर्कने नेपाली नागरिकहरूलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायातको व्यवस्था खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायातको व्यवस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ।

सम्बन्धित मुलुकले नै हवाइ यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थलदेखि सम्बन्धित जिल्ला सदरमुकाम सम्मको यातायात खर्च प्रदेश सरकारले व्यवहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसँगग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

बागमती प्रदेश कोरोना कोषमा अहिलेसम्म ४३ करोड १९ लाख २९ हजार ९०२ रूपैयाँ संकलन भएको छ भने ११९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरूमा  १६ करोड ३१ लाख ५१ हजार र संघीय सशर्त अनुदानबाट प्राप्त बजेट दुई करोड ७० लाख  गरी जम्मा  १९ करोड १ लाख ५१ हजार रूपैयाँ निकासा भएको छ।

प्रतिक्रिया दिनुहोस्