काठमाडौं। नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज रसुवाका आठ महिला र एक पुरुषमा संक्रमण देखिएसँगै देशका सबै जिल्लामा संक्रमण पुगेको हो।
नेपालमा कोरोना भाइरसको पहिलो केस देखिएको १५५ दिनमा सबै जिल्लामा संक्रमण पुगेको छ।
नेपालमा पहिलो केस ९ माघ २०७६ मा देखिएको थियो। चीनको वुहानबाट फर्किएका विद्यार्थीमा पहिलोपटक संक्रमण देखिएको थियो।
त्यसपछि दोस्रो केस त्यसको दुई महीनापछि ९ चैतमा देखिएको थियो। चैत मसान्तसम्म ११ जना मात्र संक्रमित भएकोमा त्यसयता संक्रमणको रफ्तार बढिरहेको छ।
पछिल्लो एक हप्तामा मात्र तीन हजार ७०४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यसमध्ये दुई हजार ८३४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने २८ जनाको निधन भएको छ।
अहिले नेपालमा ९ हजार ४४७ सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।
आज नेपालमा ६५ हजार ७१२ जना क्वारेन्टाइनमा छन्। जबकि, ६ असारमा एक लाख दुई हजार २४५ जना क्वारेन्टाइनमा थिए।
क्वारेन्टाइनमा बस्नेको संख्या घट्यो
नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्न थालेको छ।
पछिल्लो हप्ता यो संख्या ओरालो लाग्दै गएको छ। क्वारेन्टाइनमा बस्नेको अवधि पुग्दै गएको र भारतलगायतका देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटेको हो।

त्यसपछि यो संख्या निरन्तर ओरालो लागिरहेको छ। ७ असारमा ९४ हजार ९२८, ८ असारमा ९० हजार ७३०, ९ असारमा ८५ हजार ८१३ जना क्वारेन्टाइनमा थिए।
यसैगरी, १० असारमा ७८ हजार ३३९, ११ असारमा ७४ हजार २२ र हिजो १२ असारमा ७१ हजार १२ जना क्वारेन्टाइनमा थिए।
पछिल्लो २४ घण्टामा कहाँ कति परीक्षण ?
पछिल्लो २४ घण्टामा चार हजार ६०६ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण भएका छन्। यसमध्ये ५५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपालमा हालसम्म दुई लाख १० हजार ८७६ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये एक लाख ९८ हजार ५६७ जनामा संक्रमण देखिएको छैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार ३०२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा १७२, कोशी अस्पताल विराटनगरमा ३०८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २७३ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज सप्तरीमा ५५ नमूना परीक्षण भएका छन्।
यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १४१, नारायणी अस्पताल वीरगञ्जमा ७५, भरतपुर अस्पताल प्रयोगशालामा १०९, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २५९, धुलिखेल अस्पताल काभ्रेमा चार, पाटन अस्पताल ललितपुरमा २४३ र वीर अस्पताल काठमाडौंमा ८४ जनाको परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शिक्षण अस्पताल महराजगञ्जमा ६२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३१२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २३७, भेरी अस्पताल नेपालगञ्जमा १५६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २१८, प्रादेशिक अस्पताल सुर्खेतमा ६३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३० र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २९३ नमूना परीक्षण भएका छन्।

" /> काठमाडौं। नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।आज रसुवाका आठ महिला र एक पुरुषमा संक्रमण देखिएसँगै देशका सबै जिल्लामा संक्रमण पुगेको हो।

">