भारतको दिल्ली राज्यका विद्यालयहरू कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन्। राज्यका उपमुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरू बन्द नै रहने निर्णय भएको जानकारी दिए।

लामो समयदेखि बन्द रहेका विद्यालयहरू कोरोनाभाइरसको त्रासका कारण अझै पनि सूचारू गर्ने अवस्था नरहेको उनको भनाइ छ। दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत लिएका उपमुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरूसँगको बैठकले पनि तत्काल विद्यालयहरू खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए।

बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको थियो।  विभिन्न योजना र तथ्य तथा तथ्यांकहरूमाथि एक-एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उपमुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई

" /> भारतको दिल्ली राज्यका विद्यालयहरू कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन्। राज्यका उपमुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरू बन्द नै रहने निर्णय भएको जानकारी दिए।

लामो समयदेखि बन्द रहेका विद्यालयहरू कोरोनाभाइरसको त्रासका कारण अझै पनि सूचारू गर्ने अवस्था नरहेको उनको भनाइ छ। दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत लिएका उपमुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरूसँगको बैठकले पनि तत्काल विद्यालयहरू खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए।

बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको थियो।  विभिन्न योजना र तथ्य तथा तथ्यांकहरूमाथि एक-एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उपमुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई

"> दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने: Dekhapadhi
दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने <p style="text-align: justify;">भारतको दिल्ली राज्यका विद्यालयहरू कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन्। राज्यका उपमुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरू बन्द नै रहने निर्णय भएको जानकारी दिए।</p> <p style="text-align: justify;">लामो समयदेखि बन्द रहेका विद्यालयहरू कोरोनाभाइरसको त्रासका कारण अझै पनि सूचारू गर्ने अवस्था नरहेको उनको भनाइ छ। दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत लिएका उपमुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरूसँगको बैठकले पनि तत्काल विद्यालयहरू खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए।</p> <p style="text-align: justify;">बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको थियो। &nbsp;विभिन्न योजना र तथ्य तथा तथ्यांकहरूमाथि एक-एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उपमुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। <em>रासस/एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्