काठमाडौं। भारतबाट नेपालमा सलह (फट्याङ्ग्रा) प्रवेश गरेपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आज सलह प्रभावित क्षेत्रमा अनुन्धानका लागि प्राविधिकहरू परिचालन गरेको छ। मन्त्रालयमा आज सम्बन्धित क्षेत्रका विज्ञहरूको बैठकले प्राविधिकहरू परिचालन गर्ने निर्णय गरेको हो।
“यस (सलह) कीराकाको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भैसकेका छन्”, कृषि मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आज विहान बारा, पर्सा, सिन्धुली, सर्लाही र रुपन्देहीमा सहल कीराका स–साना झुण्ड भेटिएपछि मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो। जसले प्राविधिकहरू परिचालन गर्ने निर्णय गरेको थियो।
“संघमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकायहरू सक्रिय भइसकेका छन्। प्राविधिकहरूको सम्पर्क र समन्वयमा रही यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायहरूलाई यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
सलह कीरा लामो समयदेखि भारतका बिभिन्न स्थानमा देखिएकोले नेपालमा पनि यसको संभावित प्रवेशलाई दृष्टिगत गरी आवश्यक तयारी गर्न मन्त्रालयले गत जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले अध्ययन गरी आवश्यक कार्य योजनासहित प्रतिवेदन तयार पारेको थियो। जसलाई सबै सम्बद्ध निकायसहित प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई उपलब्ध गराइसकिएको छ।
नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने संभावन न्यून रहेको आंकलन गरिएको भए पनि मौसममा खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलह साना-साना झुण्डमा छरिएर नेपाल आएको हुनसक्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ।
" /> काठमाडौं। भारतबाट नेपालमा सलह (फट्याङ्ग्रा) प्रवेश गरेपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आज सलह प्रभावित क्षेत्रमा अनुन्धानका लागि प्राविधिकहरू परिचालन गरेको छ। मन्त्रालयमा आज सम्बन्धित क्षेत्रका विज्ञहरूको बैठकले प्राविधिकहरू परिचालन गर्ने निर्णय गरेको हो।“यस (सलह) कीराकाको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भैसकेका छन्”, कृषि मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

">