चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू
काठमाडाैं। चितवन मेडिकल कलेजले ३० शय्याको कोभिड-१९ सघन उपचार कक्ष स्थापना गरेको छ।

कोरोना संक्रमण भएकाहरूको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो।

सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१/२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।

मेहताले सामाजिक सञ्जालमार्फत् सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गरेका हुन्।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले ३० शय्या भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए।

भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो। न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड-१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ।

हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ।

स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उनले पीसीआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्