रौतहटको गुजरा नगरपालिका-४ कनकपुरमा ना ७ त ८७३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय सञ्जय माझीको मृत्यु भएको छ।
बाराको सिम्रौनगढ नगरपालिका-७ पर्सा टोलमा बिआर ०५ एम ७९५९ र बिआर ०५ एई ६१६२ नम्बरका मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ०५ एम ७९५९ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अबताब आलमको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न हाल फरार रहेका बिआर ०५ एई ६१६२ नम्बरको मोटरसाइकलका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी चितवनको खैरहनी नगरपालिका-४ लापाटोलस्थित ना ७ त ४४८८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५७ वर्षीय रिट्ठे परियारको शनिबार बिहान मृत्यु भएको छ। आफ्नै खेत जोत्ने क्रममा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको कविलासी नगरपालिका-१० स्थित सडकमा बा १० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल परिचय नखुलेका करिब ७० वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंलगवा हुँदै थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मलंगवा नगरपालिका-५ भाडसर बस्ने मोहमद गुलाम गैसको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित सडकमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको गाडी ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा उक्त गाडीमा सवार २ जनाको मृत्यु भएको छ।
दुर्घटनामा सियारी गाउँपालिका-६ अमुवा बस्ने २२ वर्षीय रोशन गुरूङको घटनास्थलमै र बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने २१ वर्षीय सुशिल कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। दुवै गाडीका चालकलाई सवारीसाधनसहित प्रहरीले नियन्त्रणमा लिइएको छ।
दुर्घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार सर्लाही, रूपन्देही, रौतहट, बारा र चितवनमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।रौतहटको गुजरा नगरपालिका-४ कनकपुरमा ना ७ त ८७३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय सञ्जय माझीको मृत्यु भएको छ।

">