कपिलवस्तु र झापामा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौं। कपिलवस्तु र झापामा कुलोमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-३ सिउटी बस्ने राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

कुलोमा डुबी हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गजेडा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित पिपराहवा भन्ने स्थानको कुलोमा उनको शव फेला पारेको हो ।

यस्तै झापाको शिवसताक्षी नगरपालिका-८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ वर्षीय छोरा सम्यमकुमार बिष्टको घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

कुलोमा डुबेर अशक्त भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्