पछिल्लो २४ घण्टामा थपिए ५५४ कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार नाघ्याे <p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।</p> <p>देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १२०&nbsp;महिला र ४३४ पुरूषमा कोरोना संक्रमण देखिएको हो।</p> <p>योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>कूल संक्रमितमध्ये १० हजार ९४०&nbsp;पुरूष र एक हजार ३६९ महिला छन्।</p>
प्रतिक्रिया दिनुहोस्