सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा प्रदर्शन
विराटनगर। विराटनगरको विराट नर्सिङ होममा सुत्केरीको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।
सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीय रमिला कार्की घिमिरेको हिजो साँझ ७ बजे उपचारको क्रममा नर्सिङ होममा मृत्यु भएको थियो।
सामान्य अवस्थामा सुत्केरी भएकी कार्कीको अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याँक्न सुझाव दिएको मृतकका बुवा रणबहादुर कार्कीले बताए।
शल्यक्रियालगत्तै स्वास्थ्यमा जटिलता थपिएपछि उनलाई भेन्टिलेटरमा लगेर उपचार थालिएको थियो। नवजात शिशुको पनि मृत्यु भइसकेको छ।
उनीहरुले घटनाको अस्पतालबाहिर प्रदर्शन र नारावाजी गरिरहेका छन्।
मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले अस्पतालको सुरक्षाको लागि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताएका छन्।
अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सकले उपचार र शल्यक्रियामा कुनै गल्ती नगरेको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्